काठमाडौँ ३१ जेठ । गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निणर्यलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
आज सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । पार्टीले थापालाई गरेको कारवाही कानुन बमोजिम नै भएकाले उनलाई पदमुक्त गर्ने निणर्यलाई सर्वोच्चले सदर गरेको हो ।