युरोकपमा आज ३ खेल हुदै , स्कटल्याण्ड र चेक गणतन्त्र तथा पोल्याण्ड र स्लोभाकिया आपसमा भिड्दा स्पेन र स्विडेन एक अर्कामा बाजि मार्ने दाउमा — OSNepal

युरोकपमा आज ३ खेल हुदै , स्कटल्याण्ड र चेक गणतन्त्र तथा पोल्याण्ड र स्लोभाकिया आपसमा भिड्दा स्पेन र स्विडेन एक अर्कामा बाजि मार्ने दाउमा

LC (KTM) June 14, 2021 0

मिनि बिश्वकपको रुपमा हेरिने गरेको यूरोकप फुटबलमा यतिबेला सबैको नजर रहेको छ । चर्चित यूरोपीयन टिमहरुले उपाधीका लागि भिडिरहेका छन् । त्यस्तै आज राती ३ खेलमा ६ टिमले आपसमा प्रतिष्पर्धा गर्दैछन् ।

युरोकप फुटबलअन्तर्गत नेपाली समयअनुसार साँझ पौने ७ बजे स्कटल्यान्ड र चेक गणतन्त्र, पौने १० बजे पोल्यान्ड र स्लोभाकिया तथा पौने १ बजे स्पेन र स्वीडेनबीच खेल हुनेछ। समूह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र दुवै विजयी सुरुवात गर्ने प्रयाशमा हुने छन्। यो समूहमा क्रोएसियालाई हराएर इङ्ल्यान्डले जितसहित सुरुवात गरिसकेको छ।

सोमबारका बाँकी दुई खेल समूह ‘इ’ का हुनेछन् । गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको पोल्यान्ड पछिल्लो समय खराब लयमा छ। उसले पछिल्ला ७ खेलमा एक जित, तीन बराबरी र तीन हार बेहोरेको छ। तीन खेलयता जित हात पार्न सकेको छैन। स्लोभाकिया पाँच खेलयता अपराजित छ तर उसले चार बराबरी र एक जितको नतिजा निकालेको छ।

आपसका पछिल्ला चार भिडन्तमा स्लोभाकियाले तीन र पोल्यान्डले एक खेल जितेको छ। नेपाली समयअनुसार मध्यरातमा सुरु हुने स्पेन र स्वीडेनबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर