कोरोनाको कहरले अस्पताल नलग्दा सुत्केरीले गुमाईन ज्यान — OSNepal

कोरोनाको कहरले अस्पताल नलग्दा सुत्केरीले गुमाईन ज्यान

LC (KTM) June 14, 2021 0

ओखलढुङ्गा, ३१ जेठ – उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृ त्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृ त्यु भएको हो ।

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृ त्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिनुभयो । कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर