काठमाडौं १२ जेठ । नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार राष्ट्रघात र नालायक भएको बताएका छन् ।
सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम माथिको छलफल संसदमा बोल्दै नेता अधिकारीले लिम्पियाधुरा लिपुलेखमा रहेको भारतीय सेना हटाउन नसक्नु सरकारको राष्ट्रघात र नालायकपन भएको टिप्पणी गरेका हुन् ।
भारतले मिचेको भूमि समेटेर नक्सा पास गरेको संविधान पनि संशोधन भएको अवस्थामा यो सरकारले नालायकपन देखिएको बताएका हुन् ।
लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना हटाउन नसेकेको यो सरकार दण्डको भागिदार रहेको समेत स्प्ष्ट पारेका छन् ।
‘विदेशी सैनिक हटाउन सक्छु’ समेत भन्न नसक्ने राष्ट्रघाती र नालायक सरकार हो । आज सरकारले यो काम गर्दैन भने हामी सांसद हुन लायक छैनौँ ।’उनले भने ।