कोरोना संक्रमण नियन्त्रण उन्मुख भईरहदा नायक नाजिर हुसेनलाई भने आयो यस्तो तनाव — OSNepal

कोरोना संक्रमण नियन्त्रण उन्मुख भईरहदा नायक नाजिर हुसेनलाई भने आयो यस्तो तनाव

LC (KTM) June 14, 2021 0

कोरोनाको महामारीले पछिल्लो समय कलाकार लाई पनि तनावमै राखेको छ । यतिबेला सबै छायांकनको काम ठप्प रहेको छ । रिलीज डेट तोकेर क्युमा बसेका फिल्म पनि सिनेमाघर नचलेपछि थन्किएर बसेका छन् । कतिपय फिल्म निर्माणको तयारीमा जुटिरहेका बेला स्थगीत गर्नुपरेको छ ।

कलाकार र निर्माता दुबैलाई कोरोनाले एक प्रकारको छटपटि नै सिर्जना गरिदिएको छ । अब कहिले यो महामारी कम होला र फिल्म छायांकन गर्ने होला भनेर फिल्म निर्माण पक्ष दाउ हेरेर बसेका छन् । कलाकार पनि आफुले साईन गरेका फिल्महरु खेल्न हतारिएका छन् । तर यस्तो बेलामा थिएटर बाट ठुलो पर्दामा छलाङ मारेका नायक नाजिर हुसेनलाई भने तनाव भइरहेको छ ।

उनलाई यस अर्थमा तनाव छ कि कोरोना संक्रमण नियन्त्रण उन्मुख भएर छायांकन सुरु हुन थालेपछि कुन फिल्मलाई कतिबेला समय दिने भन्ने कुरामा उनी पिरोलिइरहेका छन् । यो दोस्रो कोरोना महामारी भन्दा अघि नाजिरले ३ वटा फिल्म साइन गरिसकेका छन् । काम सुरु हुन थालेपछि उनलाई कता तिर समय दिने भन्ने पिर बढेको हो ।

उनले दिवाकर भट्टराईको निर्देशन रहने ‘तिमीसँग हुने मन छ’ , रंग पत्रकार रघुनाथ सापकोटाका फिल्म ‘चिलगाडी’, त्यस्तै निर्माता सन्तोष सेनको अपकमिङ फिल्म ‘हुतुतु’ पनि नाजिर आवद्ध भएका छन् । यी तिनै फिल्म बेग्ला बेग्लै समयमा शुटिंग भए नाजिरलाई सहज त हुने थियो तर एकैचोटी भए कसरी समय ब्यवस्थापन गर्छन् त्यो भने हेर्न बाँकि नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर