बितेको २४ घण्टामा दाङमा मात्रै १७ कोरोना संक्रमितले ज्या न गुमाए — OSNepal

बितेको २४ घण्टामा दाङमा मात्रै १७ कोरोना संक्रमितले ज्या न गुमाए

LC (KTM) May 11, 2021 0

दाङ- दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृ त्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृ त्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक छन् ।आज मृ त्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृ त्यु भएको केन्द्रले जनाएको छ ।

पाल्पामा घरघरमै स्वास्थ्यकर्मी
कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा पाल्पामा भने स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य सेवा दिन थालेका छन् । रम्भा गाउँपालिकामा चिकित्सकसहित स्वास्थ्यकर्मी पुगेर सेवा दिन शुरु गरेको पालिकाले जनाएको छ । हुँगी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा पूजन श्रेष्ठ तथा ताहँु स्वास्थ्यचौकीका मेडिकल अधिकृत रक्षा पंगेनीसहित ५२ स्वास्थ्यकर्मीको टोली सङ्क्रमित परिवारको घरमै पुगेर अक्सिजन सेवा दिन खटिएको स्वास्थ्य शाखा संयोजक शिव अर्याल बताउनुहुन्छ । अप्ठ्यारो भूबनावट रहेको रम्भामा दुई सवारी साधनमार्फत तपाईँको मास्क खोइ अभियानअन्तर्गत घरघरमै पुगेर मास्क, साबुन तथा भिटामिनसमेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर अक्सिजनसहितको स्वास्थ्य सेवा प्रदान गरेका छन् । पाँच इलेक्ट्रोनिक अक्सिजन तथा दुई ठूलो र आठ साना सिलिण्डरको अक्सिजन पालिकामा उपलब्ध रहेको र थप गर्ने प्रक्रिया शुरु भएको पालिकाले जनाएको छ । जनकल्याण माध्यमिक विद्यालय रम्भामा एक, हुँगी तथा रम्भा माध्यमिक विद्यालयमा पाँच र ताँहुमा अक्सिजनसहितको अस्थायी कोभिड– अस्पताल सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर