काठमाडौं ११ जेठ । नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना पुगि सक्दा पनि विद्यालयका तहका विद्यार्थीहरुलाई पुस्तक वितरण गर्न नसकेको भन्दै संसदीय समितिले सरकारलाई एक महिना भित्र पुस्तक वितरण गर्न निर्देशन दिएको छ ।
बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सहभागी भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएका छन् ।
बीचमा रुस–युक्रेन युद्धका कारण समयमै कागज आउन सकेन जसको असरले विश्वभर नै कागजको हाहाकार भएको र पालिका चुनावले पनि छपाइमा प्रभाव पारेको जानकारी दिएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले कागजको आपूर्ति भइसकेकाले अबको असारको पहिलो हप्ताभित्र देशभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्ने प्रतिबद्धता समेत गरेका छन् ।
साथै, जेठ नौ गतेबाट नै पाठ्यपुस्तक ढुवानीको ढुवानीको काम सुरु भएको र एक हप्ताभित्र दुर्गम हिमाली तथा पहाडी जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुग्ने समेत बताएका छन् ।