काठमाडौं ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा विजयी भएका आफ्ना पार्टीका सबै नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई प्रशिक्षण दिने बताएका छन् ।
केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने तर्क दिएका महामन्त्री थापाले एक वर्षमा कामको मूल्यांकनको आधारमा रिपोर्ट कार्ड बनाउने उनले बताएका छन् ।
भक्तपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्ने थापाले अब काम गर्ने ठाउँमा आइसकेकाले हिजो कसले के गर्यो भनेर नर्हे सुझाव समेत दिएका छन् ।
हिजो कसले के ग¥यो भन्ने समय होइन अब भन्दै थापाले पराजित भएको स्थानमा पनि निर्वाचित जनप्रतिनिधिलाई प्रश्न गर्न नछोड्न समेत आग्रह गरेका छन् ।