काठमाडौ ११ जेठ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको फिर्ताको माग गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् ।
निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी हुल्य वृद्धि गरेपछि सत्तारुढ विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत विद्यार्थीहरू समुहहरु निगमको कार्यालय पुगेका हुन् ।
मुल्यवृद्धि भएसँगै एक लिटर पेट्रोलको १८० रुपैयाँ ,एक लिटर पेट्रोलको १८० रुपैयाँ र खाना पकाउने एक सिलिण्डर ग्याँसको एक हजार ८ सय रुपैंया भएको छ ।