काठमाडौ १० जेठ । सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी गराएकी हुन् ।
साथै उक्त नीति तथा कार्यक्रममार्फत सरकारले विपन्न वर्गलाई निशुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत गरेको छ ।