सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक निमार्ण र २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने — OSNepal

सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक निमार्ण र २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । सरकारले कर्णाली कोरिडोरमा बाँकी ट्रयाक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुल्लालाई सडक सञ्जालमा जोड्ने भएको छ ।

संघीय संसद भवनमा जारी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसको जानकारी गराएकी हुन् ।आगामी वर्षमा सरकारले थप ८०० किलोमिटर सडक निमार्ण र २५७ किलोमिटर सडक स्तरोन्नति समेत गर्ने भएको छ ।

कालिगण्डकी, कोशी र कर्णाली कोरिडोरको निर्माण एंव स्तरोन्नति कार्यलाई जारी राख्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले बताएकी छन् ।

साथै गल्छी, रसुवागढी सडकलाई २ लेनको कालोपत्रे सडकमा स्तरोन्नति गरिने सरकारले नीति तथा कार्यक्रम उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर