काठमाडौँ ३१ जेठ । नेकपा एमाले नेता एंव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतमलाई भेट्न पौडेल आज बिहान भैंसेपाटीस्थित गौतम निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट पौडेल ओलीको सन्देश लिएर गौतमलाई भेठ्न पुगेका हुन् । नेकपा एमालेको विवादमा तटस्थ बनेका गौतम पार्टी एकताको लागि लागि परेका छन् ।