बागलुङमा पाँचौ पटक निषेधाज्ञा थपियो,बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन खुल्ने — OSNepal

बागलुङमा पाँचौ पटक निषेधाज्ञा थपियो,बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन खुल्ने

LC (KTM) June 14, 2021 0

गलकोट-बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ । कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर