इन्धनको भएको मूल्य वृद्धिविरुद्ध संसदमा एमाले , राप्रपा र राष्ट्रिय जनमोर्चाले गरे सार्वजनिक महत्वको प्रस्ताव दर्ता — OSNepal

इन्धनको भएको मूल्य वृद्धिविरुद्ध संसदमा एमाले , राप्रपा र राष्ट्रिय जनमोर्चाले गरे सार्वजनिक महत्वको प्रस्ताव दर्ता

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । इन्धनमा भएको मुल्यवृद्धिको विषयमा छलफल गर्न आवश्यक भएको भन्दै सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

राप्रपा , एमाले र राष्ट्रिय जनमोर्चाका सांसदहरुले उक्त प्रस्ताव संसदमा पेश गरेका हुन् । उक्त प्रस्तावमा इन्धनमा भएको मुल्यवृद्धिको विषयमा छलफल गर्न आवश्यक ६ तर्क समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर