चितवन १० जेठ । दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी रेनु दाहालले यो आफ्नो कार्यकाल हुने बताएकी छन् ।
मंगलबार दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले आफुले पाएको अवसर एक सेकेन्ड पनि खेर नफाले दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताएकी छन् ।
‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’सञ्चार माध्यमसँग कुराकानी गर्दै भनीन् ।
आफुले ७ हजार मतान्तरले जित्ने अनुमान गरेपछि भरतपुरवासीले आफ्नो विगतको कामको अनुमोदन गरेर विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले विजयी भएको बताएकी छन् ।
‘आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम सम्पन्न गर्छु’ उनले भनिन् ।
आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित योजना हुने बताएकी छन् ।