पोखरा १० जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको हो ।
अहिले वडा २२, ३२ र ३३ जारी मतगणना रोकिएको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गर्दै मतगणना स्थलमा एमाले प्रतिनिधि बस्न नमानेको हो ।