काठमाडौं-नायिका सुहाना थापा दीक्षित भएकी छन् । सुहाना अध्ययनरत अमेरिकाको जोर्ज मेसन यूनिभर्सिटीबाट दीक्षित भएकी छन् । उनले मनोविज्ञान विषयमा ग्रयाजुएसन पूरा गरेकी हुन् । अहिले उनी दिक्षित भएका तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् ।
सुहाना दिक्षित भए पछिको तस्विरमा सुहानालाई बाबु सुनिल र आमा झरनाले अंगालो हाललेका छन् । पिता सुनिल कुमार थापाको आग्रहमा उनी अध्ययनकै क्रममा हिरोइन बनेकी उनी सफल नायिका समेत गनिन् थालेकी छन् ।
‘ए मेरो हजुर ४’को सफलता अनि अर्कोतिर ग्रयाजुएसन पूरा हुँदा सुहाना अत्यन्तै खुशी भएकी छन् । अब उनी अमेरिकाको केही राज्यमा हुने ‘ए मेरो हजुर ४’को प्रिमियरमा सहभागी हुने र मेरिकाबाट फर्केपछि उनले नयाँ फिल्म ‘भागवद् गीता’मा अभिनय गर्ने बताइएको छ ।