पोखरा १० जेठ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा फेरि मत गणना गर्न माग गरेको छ । एमालेले दुई वडामा पुन मतगणना गर्नु पर्ने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।
वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भएको भन्दै पुन मतगणना गर्न एमालेले माग गरेको हो । यी दुवै वडामा एमाले पराजित भएको छ ।
पोखराको वडा नम्बर ३१ नेपाली कांग्रेसका ढकनाथ कँडेल १६१ मतान्तर विजयी भएका हुन् । भने वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना विजयी भएका हुन् ।
सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार दिएका नेकपा एकिकृत सामाजवादीका धनराज आचार्यले मेयरमा अग्रता लिएका छन् ।