चितवन १० जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठवन्धनको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्दै रेणु दोस्रो कार्यकालको लागि विजयी भएकी हुन् ।
रेणुले ५२ हजार ३० मत पाएकी छन् भने,सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।
त्यसैगरी , उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् ।
उनले प्रतिद्धन्दी राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तर पारजित पारेका हुन् । गुरुङले ३० हजार ६१२ मत पाएकी छन् ।