काठमाडौँ ३१ जेठ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ४ / ५ दिनदेखि आएको ज्वरो नघटेपछि नेता खनाललाई आज सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएका खनालको स्वास्थ्य स्थिति थाहा पाउन अहिले परिक्षण चलिरहेको जनाइएको छ ।