बिदेशी चर्चित स्टारहरुको म्युजिक भिडियो निर्देशनमा पोख्त बनिरहेका नेपाली ठिटो कुशल श्रेष्ठ — OSNepal

बिदेशी चर्चित स्टारहरुको म्युजिक भिडियो निर्देशनमा पोख्त बनिरहेका नेपाली ठिटो कुशल श्रेष्ठ

LC (KTM) May 23, 2022 0

कुशल श्रेष्ठ अहिले एक चिर परिचित नाम बन्न पुगेको छ । मेहनती, लगनशील र जुझारु युवा निर्देशकका रुपमा उनले आफ्नो परिचय बनाउँदै लगेका छन् । उनी बुहप्रतिभाका धनी समेत रहेका छन् । उनले म्युजिक भिडियो निर्देशनमा मात्र हैन छायाँकन र सम्पादन पनि आफै गर्ने गरेका छन् । कुशलको डिमाण्ड नेपालमा भन्दा बढी बिदेशमा रहेको छ । उनी बिदेशमै बसेर आफ्नो काम र अनुभवलाई बढाई रहेका छन् । उनले बिदेशका चर्चित स्टारहरुको गीतमा निर्देशन गरिसकेका छन् ।

आफुले पाएको कामलाई एकदमै कलात्मक तथा सुन्दर ढंगले सम्पन्न गर्नु नै उनको बिशेषता रहेको छ । उनलाई यतिबेला बेलायतमा म्युजिक भिडियो निर्देशन गर्न भ्याई नभ्याई रहेको छ । एक पछि अर्काे प्रोजेक्टहरु उनले प्राप्त गरिरहेका छन् । बिदेशमा बसेर पनि उनी आफ्नो कलाकारीतालाई अगाडी बढाईरहेका छन् । उनको निर्देशनमा बनेका आधा दर्जन नेपाली म्युजिक भिडियोहरु अहिले रिलिजको तयारीमा रहेका छन् । अन्य ३ वटाको निर्माण भईरहेको छ । यो त भयो नेपालको कुरा ।

उनले अंग्रेजी गीतहरु , भारतका बिभिन्न भाषाका म्युजिक भिडियो, बंगाली, पाकिस्तानी गीतहरुको म्युजिक भिडियो लाई निर्देशन गरिसकेका छन् । यस क्षेत्रमा बिगत दुई दशक देखी उनी क्रियाशिल रहदै आएका छन् । पछिल्लो पटक उनी एक अंग्रेजी गीतको निर्देशनका कारण झनै चर्चामा आएका छन् । इटालियन गायिकाको अंग्रेजी गीतमा कुशलले आफ्नो कौशलता देखाई सकेका छन् । उनले यो भिडियो लण्डनमै निर्देशन गरेका हुन् कुशलले चर्चित स्टा् इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा कुशलले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

’विगतमा पनि भारतीय, बंगाली, पाकिस्तानी साथै अंग्रेजी प्रोजेक्टमा काम गरेपनि अंग्रेजीको सम्पूर्ण जिम्मेवारी लिएको यो पहिलो भएको कुशले बताए । उनले आफ्नो करियरमै पहिलो पटक अंग्रेजी गीतको म्युजिक भिडियोको निर्देशन,छाँयाकन तथा सम्पादनको जिम्मेवारी लिएका छन् । उनले भने– बिश्वास जितेरै होला यस म्युजिक भिडियोको सम्पुर्ण जिम्मेवारी लिन पाउँदा एकदमै खुशी छु । मैले आफ्नो २ दशकको करिअरमा पहिलोपटक अंग्रेजी म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको सम्पूर्ण जिम्मा लिने अवसर पाएको छु । एकदमै खुशी लागिरहेको छ । कुशलले अनुभव सुनाउँदै भने–‘उनीहरु एकदम प्रोफेश्नल थिए । पारिश्रमिक बाहेक छायांकन समय, लोकेशन र प्रोजेक्ट समापन सबै सम्झौता गरेर काम गर्दा थप दायित्ववोध महशुस गरेको छु । ‘पन्जावी गीतमा काम गर्दा प्रभावित भएर त्यसका गायकले उनीहरुलाई सिफारिस गरेका रहेछन् कुशल भन्छन्,– ‘मैले आफ्नो निर्देशकीय क्षमता पूर्ण रुपमा लगाएको छु ।

उनले आफ्नो काम देखी उनीहरु एकदमै प्रभावित बनेको समेत बताए । उनले निर्देशन गरिरहेको उक्त म्युजिक भिडियो टिनएज इटालीमै बिताएकी फेडस्टारको रहेको छ । उनले ५ वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन् । गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टार सहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्यूजिक भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन् । कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्यूजिक प्रोड्युसर हुन् सर्जिओ कार्कासी । उक्त गीतको बीच तिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिङ छ । त्यस्तै कुशलले आउंदो महिना उर्दु गीतमा समेत म्यूजिक भिडियो बनाउन कुराकानी भइरहेको जानकारी दिएका छन् । कुशल अहिले बेलायतका ‘हाइल्ली डिमाण्डेड’ निर्देशक तथा सञ्चारकर्मीका रुपमा परिचित बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर