चितवन ९ जेठ । भरतपुर महानगरमा मत गणना सम्पन्न हुन बाँकी रहँदा नै मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।
यो समाचार तयार पर्दा समेत मतगणना जारी रहेको छ । रेणुले ४७ हजार ४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका विजयी सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन् ।
रेणु सुवेदी भन्दा ११ हजार ४५७ मतान्तर अगाडी रहेकी छन् । महानगरमा कुल खसेको एकलाख २७ हजार ८३९मध्ये एक लाख १६ हजार ६६६ मत गणना भइसकेको छ । अब मात्र ११ हजार १७३ मत मात्रै गन्न बाँकी रहेको छ । मत गन्नु भन्दा मतान्तर बढी भएपछि रेणुको जित निश्चित भएको हो ।
त्यसैगरी स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् ।
यसैगरी , उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो मतान्तर बनाएका छन् । अधिकारीले ४७ हजार ९५८ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्दी राप्रपाकी हमिला गुरुङले २७ हजार ९२२ मत मात्र पाएकी छन् ।
प्रतिद्वन्द्वी हिमला गुरुङभन्दा २० हजार ३६ मत ले अघि भएका अधिकारी मत गणना हुनु अघि नै यस कारण विजयी भएका हुन् ।