कर्णाली- प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरिएको छ । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले ओलीको जीबन रक्षाको माग गरेका हुन् । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले ओलीको जीवन रक्षा हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन् सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।’
मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?’ भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गरे ।