काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई करिब तेब्बर मतको अग्रता, निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर धेरै पछि — OSNepal

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई करिब तेब्बर मतको अग्रता, निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर धेरै पछि

LC (KTM) May 23, 2022 0

काठमाडौं-काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।पछिल्लो परिणामअनुसार डंगोलले ४४ हजार ७ सय ५ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ६ सय ७० मत पाएका छन् ।

श्रेष्ठले भन्दा सुनिता ले २९ हजार ३५ मतले अगाडि छिन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। उनले ४३ हजार ७ सय ५७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २५६८० मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २४५८८ मत पाएका छन्।यस्तै उपमेयरमा राप्रपाका विनिता मगैयाले ७ हजार ९ सय ३३ मत पाएकी छन् ।विवेकशील साझाकी समिक्षा बास्कोटाले ४९१ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर