एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमै एमाले पराजित भए संगै चर्चाको बिषय बनेको छ यति बेला दमक नगरपालिका । यस नगरपालिकामा स्थानिय निर्वाचनमा नेपाली कांग्रेस र राप्रपा मिलेर गठबन्धन बनाएका थिए । मेयरमा राप्रपाका रामकुमार थापा निर्वाचित भए संगै राजनितीकबृतमा नयाँ तरंग छाएको छ । यसैबीच नवनिर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन्। संचारकर्मी संगको कुराकानीका क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले भने- जनप्रतिनिधि जनताको सेवक हो । यस कुरालाई पुष्टि गर्नकै लागी म अनावश्यक सेवा सुविधा नलिने घोषणा गर्दछु । उनले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि घोषणा गरेका छन् । उनले अब आफु जनताको पक्षमा निस्वार्थ काम गर्ने समेत बताए । अब आफ्नो उदेश्य दमकको समृद्धि र विकास मात्र रहेको बताए । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जितेको छ भने एमालेले अन्य ७ वटा वडामा जितेको छ ।