चितवन ८ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठवन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । रेणु आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् ।
सुवेदीले यति बेला सम्म २९ हजार ३१४ मत पाएका छन् , भने रेणुले ३७ हजार ४६८ मत पाइसकेकी छन् । अहिले सम्म भरतपुर महानगरपालिकामा ९५ हजार ३११ मत गणना भइसकेको छ । त्यस्तै अर्का स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।
उपेमेयरमा पनि गठवन्धको साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की हिमला गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।