काठमाडौं ८ जेठ । ललितपुर महानगरपालिकामा ८५ हजार ८६१ मत खसेकोमा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ ।
पछिल्लो मत गणना अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता लिएका छन् । मर्हजनले यति बेला सम्म ३२ हजार ३७८ मतसहित अग्रता कायमै राखेका छन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।यता उपप्रमुखमा भने नेकपा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मत सहित अगाडी रहेकी छन् ।
उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् । अब मात्र २२ हजार ३५ मतगणना गन्न बाँकी रहेको छ ।