काठमाडौं ८ जेठ । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल बालुवाटारमा गठवन्धनको बैठक सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
यही जेठ १० गते सरकाले आफ्ना नीति तथा कार्यक्रम ल्याउँने भएको छ ।