काठमाडौ ८ जेठ । ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन् । यतिबेला सम्म ६१ हजार १३२ मत गणना हुँदा चिरिबाबुले ३० हजार ८६० मत पाइ सकेका छन् ।
उनका प्रतिद्धन्दी एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत मात्र पाएका छन् । यस्तै, उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले १७ हजार ७१६ पाएका आफ्नो अग्रता कायम गरेकी छन् ।
गठवन्धनको तर्फबाट उम्मेदवार दिएका माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १२ हजार ६६६ पाएका छन् ।
ललितपुर महानगरपालिकामा जम्मा ८५ हजार ८६१ मत खसेकोमा अब २४ हजार ७२९ मत गन्न बाँकी रहेको छ ।