सुनसरी ८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार भन्दा बढी मतले अग्रता लिएका छन् ।
गठवन्धनका साथ पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ मत पाउँदा हर्कराजले १९ हजार १५५ मत प्राप्त गरेका छन् । यता एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् ।हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् ।
अब मात्र ४ हजार ६२१ मत गन्न बाँकी रहेकाले अंक गणितिय हिसाबमा पनि हर्कराजको जित लगभग निश्चित भएको छ । प्रतिद्धन्दी राईले १४ हजार ९९६ मत पाएका छन् ।
अब बाँकी सबै मत उनको पोल्टोमा खसे उनको जम्मा १९ हजार ६२३ मत हुन्छ । जुन असम्धव जस्तै छ । जबकी हर्कराजको अहिलेको मत नै १९ हजार १५५ रहेको छ । धरान उपमहानगरमा अहिलेसम्म ५८ हजार २७७ मत गणना भइसकेको छ ।
यसैगरी , उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाले १८ हजार ८६४ मत ल्याएरु आफ्नो अग्रता कायम गरेका छन् । एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् । यी दुई बिच २२ ८३ मतको अन्तर रहेको छ ।