पोखरा ८ जेठ । पोखरा महानगरपालिकामा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार दिएका नेकपा एकिकृत सामाजवादी पार्टीका मेयरका उम्मेदवार धनराज आचार्यले आफ्ना अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ मत पाएका छन् । भने उनका प्रतिद्धन्दी
एमालेका उम्मेदवार कृष्ण थापा आर्चाय भन्दा ३ हजार २ सय ६० मत अन्तरले पछि परेका छन् ।
साथै, राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार खडकराज पौडेल ९गनेस०ले २ हजार ६१३ मत पाएका छन् ।
उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङले अग्रता लिएकी छन् । उनले ४२ हजार ३१६ मत पाएकी छन् । कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मत पाएकी छन् ।
यता राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत पाएकी छन् ।गुरुङले रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् ।