काठमाडौं महानगरपालिकामा एक लाख मत गणना भईसकेको छ । महानगरको प्रमुख पदमा बालेन्द्र शाहको मत ३७ हजार कटेको छ । उता बालेनका मुख्य प्रतिष्पर्धी मानिएका एमालेका उम्मेद्धार केशब स्थापित भने कमजोर बन्दै गएका छन् । उनलाई नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले समेत उछिनेकी छिन् । यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए। ताजा मत परिणाम अनुसार उनी अहिले तेस्रो नम्बरमा झरेका छन् ।
शनिबार मध्यरातसम्मको मतगणना अनुसार सिर्जनाले २० हजार ५२० मत प्राप्त गरेकि छिन् । त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २० हजार ३१६ छ। स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको मत ३७ हजार ६१ पुगेको छ। अहिले सम्ममा एक लाख २ हजार ७६३ मत गणना भईसकेको छ । बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५४१ छ भने स्थापितसँग १६ हजार ७४५ रहेको छ। सिर्जना र स्थापितको मतान्तर २०४ रहेको छ।