काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाहका प्रतिद्धन्दी एमालेका केशव स्थापित तेस्रो नम्बरमा झरेका छन् । उनलाई नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले उछिनेकी हुन् । कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिन सफल भएकी छिन् ।
पछिल्लो जानकारी अनुसार सिर्जना श्रेष्ठले १९ हजार ३१५ मत पाउँदा एमालेका स्थापितले १८ हजार ९७८ मत मात्र ल्याएका छन् । बालेन शाहले भने आफ्नो अग्रता लाई झनै बढाउँदै लगेका छन् । उनले हालसम्म ३५ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् । आफुले जित्ने दाबी गरिरहदा स्थापित भने तेस्रो स्थानमा झर्न पुगेका छन् ।