सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस बिजयी भएको छ । अध्यक्ष पदका उम्मेद्धार गफार अन्सारी मिया र उपाध्यक्षमा रिमझिमकुमारी निर्वाचित भएकि छिन् । गफारले ६ हजार १ सय ७२ मत ल्याए भने उपाध्यक्षमा रिमझिमकुमारीले ६ हजार २ सय १३ मत ल्याएर विजयी भइन् । मियाका निकट प्रतिस्पर्धी नेकपा एमालेका लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत ल्याए । भगतकी निकटम प्रतिद्वन्द्वी एमालेकी कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याइन् । विजयी दुवैजना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।