यतिबेला लौरो चुनाव चिन्ह धेरै उम्मेद्धारका लागि फापसिद्ध बन्न पुगेको छ । काठामाण्डौमा बालेनको लौरोले अन्य दलका उम्मेद्धारलाई राम्रै दनक दिई रहेका बेला धरान उपमहानगरपालिकाको प्रमुख मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईको लौरोले पनि राम्रै संग हिर्काई रहेको छ । राईले धरानका अन्य दलका प्रतिष्पर्धीहरुलाई राम्रै संग हिर्काई रहेको हो । पछिल्लो प्राप्त मत परिणामअनुसार हर्कराजले १६ हजार २६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १३ हजार १८२ मत पाएका छन् । हर्कराजले किशोरलाई २ हजार ८४४ मतले पछि पारेका छन् ।
त्यस्तै केहि समय अगाडी नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको धरानमा एमाले भने कमजोर देखिएको छ । एमालेकी मञ्जु भण्डारी सुवेदीको १० हजार ६२२ मत मात्र ल्याउन सकेकि छिन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यको १ हजार १७९ मत प्राप्त भएको छ । उपप्रमुखमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाको अग्रता रहेको छ । उनले १६ हजार २६ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका पदमप्रसाद लिम्बुले १४ हजार ४३१ मत ल्याएका छन् ।