बुधबारसम्म भीषण वर्षैवर्षा, सर्तक रहन आग्रह — OSNepal

बुधबारसम्म भीषण वर्षैवर्षा, सर्तक रहन आग्रह

LC (KTM) June 14, 2021 0

काठमाडौं, जेठ ३१-मनसुन देशभर फैलिसकेको छ। जेठ जेठ २८ गते नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन आइतबारबाट देशभर फैलिएको हो । अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

आज दिउसो देशका धेरै स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।भने राती पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर