भरतपुर, ७ जेठ :
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन् ।
७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २९ हजार ४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार३३४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् ।