खुशीको खबर, नेपालमा एक हप्तादेखि नै सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्दै — OSNepal

खुशीको खबर, नेपालमा एक हप्तादेखि नै सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्दै

LC (KTM) June 14, 2021 0

कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख नौ हजार १८५ पुगेको छ । कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगको छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार सात हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको जानकारी दिए । कुल १२ हजार ४०६ जनाको परीक्षण गरिएको मा दुई हजार ४०७ जनालाई कोरोना पुष्टि भएको हो ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौ ँमा ४८३, भक्तपुर मा ५८ र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर