झापाको गौरादहमा १ मतले हारजित भएपछि लफडा — OSNepal

झापाको गौरादहमा १ मतले हारजित भएपछि लफडा

LC (KTM) May 20, 2022 0

झापामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेद्धारले बराबर मत ल्याएपछि गोलाप्रथा गरिएको थियो । त्यसमा एमालेकी अध्यक्ष पदकी उम्मेद्धार मेनुका काफ्लेले बाजी मारेकी थिईन् । यसपाली पनि झापाको गौरादह नगरपालिकामा वडा अध्यक्षको पदमा एमालेका उम्मेद्धारले १ मतले जित हाँसिल गरे संगै कांग्रेसले आपत्ति जनाउँदै बिरोध गरेपछि मतगणना कार्य नै प्रभावित भएको छ ।

नेपाली कांग्रेसले वडा नम्बर ७ को मतगणना पुनः हुनुपर्ने माग राख्दै विरोधमा उत्रिएपछि गौरादहको मतगणना बिहीबार रातिदेखि प्रभावित बनेको हो। वडा अध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेलले कांग्रेसका उम्मेदवार दिलनाथ कटुवाललाई एक मतको अन्तरले पराजित गरेपछि कांग्रेसले बिबाद सिर्जना गरे संगै मतगणना कार्य २४ घण्टा यता रोकिएको छ । उम्मेद्धार कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्नुपर्ने मागसहित निवेदन दिएका छन् ।

एमालेका उम्मेद्धार खरेलले १०२० मत ल्याएका छन् भने उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका खरेलले १०१९ मत ल्याएका छन् । मतगणना कार्य सुचारु गर्न आज दिनभर दलहरु बीच छलफल भए पनि टुंगो लाग्न सकेन । अब भोलि शनिवार जिल्लास्तरीय राजनीतिक दलहरूसँग छलफल गरी समाधानको बाटो निकाल्ने प्रयास गर्ने निर्वाचन आयोगको कार्यालयले जनाएको छ । त्यस्तै यहि वडाको दलित महिला सदस्य पदका लागि पनि एक मतले हार जित भएको छ। कांग्रेसकी धनकुमारी विश्वकर्माले १०७५ मतले विजयी हाँसिल गर्दा एमालेकी तारादेवी दर्जीले १०७४ मत ल्याएर पराजय भोगिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर