रुपन्देहीको सैनामैना नगर प्रमुख गठबन्धन र उपप्रमुख एमालेबाट निर्वाचित — OSNepal

रुपन्देहीको सैनामैना नगर प्रमुख गठबन्धन र उपप्रमुख एमालेबाट निर्वाचित

LC (KTM) May 20, 2022 0

भैरहवा, ६ जेठ-रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।

त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी घोषित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी भए ।

वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९ सय ४५ मत प्राप्त गरे, यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३ सय ९६ मत ,वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी २ हजार १ सय ८३ मतका साथ विजय भए ।

वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मतले, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मतले, वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १ सय ४९ मतले विजयी बनेका छन् । यस्तै वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६ सय ५ मत सहित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर