काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्ष कुश ढकाल सहित कांग्रेसको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।
ढकाल निर्वतमान वडा अध्यक्ष समेत हुन् ।