भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रि रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । भरतपुरको अहिले सम्म ५८ हजार १३४ मत गणना भईसकेको छ । रेनुले २१ हजार ९६४ मत पाएकी छन् भने सुवेदीले १८ हजार ७७९ मत ल्याएर पछ्याईरहेका छन् । एमाले उम्मेद्धार सुबेदी भन्दा दाहाल ३ हजार १८५ बढी मत ल्याएर रेनु अगाडी देखिएकी छिन् ।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहाल र राप्रपासँग तालमेल गरेको एमालेका उम्मेदवार सुवेदीको प्रतिस्पर्धा यसअघि कडा भए पनि सुबेदी अहिले कमजोर देखिएका छन् । भरतपुरमा जम्मा एक लाख २७ हजारमध्ये करिब ६० हजार मत गणना भइसकेको छ । यस अवस्थामा रेनु र बिजयको मत अन्तर ३ हजारको फरक रहेको छ । यहि अनुपातमा अघि बढे रेनुको जित निश्चित देखिन्छ । तर करिब ६७ हजार मत गणना गर्न बाँकी रहेकाले परिणामबारे अनुमान गरिहाल्ने अवस्था भने छैन ।