विराटनगर ६ जेठ । मतगणनका क्रममा वडा नम्बर ७ मा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिका तनावग्रस्त भएको छ ।
चुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ । उक्त झडपमा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् ।
अहिले स्थिति सामान्य भएपनि रंगेली नगरपालिकाका निर्वाचन अधिकृतले जनाए अनुसार विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन भने सकेको छैन ।