काठमाडौं ६ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मतदान गर्ने क्रममा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई आक्रमण, थुनछेक र लखेट्ने गरी बुथ कब्जा गरेर फर्जी मत हालेको आरोप लगाएको कांग्रेस ले उक्त नगरपालिकामा पुन मतगणना गर्न माग गरेको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती नै जारी गरेर बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिंदै नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, ।
निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने काम भएकाले त्यसमा संलग्न उपर कानुन बमोजिम कडा कारबाहीको माग गर्दै विज्ञप्तीमा अघि भनिएको छ, ‘नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ’ ।