जनकपुरधाम ६ जेठ । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचित नेपाली कांग्रेसका महेन्द्र महतो नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) समेत हुन् ।
उनले ७ हजार ३१ मत ल्याउँदा पराजित नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी ७ हजार ४१४ मत सहित निर्वाचित भएकी छन् । उनकी प्रतिद्वन्दी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत पाएर पराजित भएकी हुन् ।
महतो नेपाल प्रहरीबाट अवकास पाए पछि नेपाली काग्रेसमा आवद्ध भएका थिए ।