विराटनगर ६ जेठ । विराटनगर महानगरपालिकामा गठवनधनका उम्मेदवार नेपाली कांग्रेका नागेश कोइराला करिब करिब जितको नजिक पुगेका छन् ।
कोइरालाले नेकपा एमालेका मेयर पदका उम्मेदवार सागर कुमार थापालाई ६ हजार ४७७ मतले पछाडी पारेका छन् ।८९ हजार ७८९ मत खसेको विराटनगरमा हाल सम्म ७६ हजार मत गणना छ ।
जसमा कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका प्रतिद्धन्दी थापाले १८ हजार ८३५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ६६५ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले २२ हजार १४ सहित आफुलाई अग्रस्थानाम राख्न सफल भएकी छन् । उनको प्रतिद्धन्दी जसपा उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३ मत पाएका छन् ।
शिल्पा अमरेन्द्र भन्दा ९ हजार ६४८ मतले अगाडी छन् । साथै, राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले पाँच हजार ७६५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार हजार ५५० मत पाएका छन् ।