रहिम स्ट्रर्लिङले निर्णायक गोल संगै इंग्ल्यान्डद्धारा युरोकपमा बिजयी शुरुवात, क्रोएशिया एक शुन्यले स्तब्ध — OSNepal

रहिम स्ट्रर्लिङले निर्णायक गोल संगै इंग्ल्यान्डद्धारा युरोकपमा बिजयी शुरुवात, क्रोएशिया एक शुन्यले स्तब्ध

LC (KTM) June 13, 2021 0

रहिम स्ट्रर्लिङले निर्णायक गोल संगै इंग्ल्यान्डले मिनि बिश्वकप फुटबल मानिएको १६ औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ ।

लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।

त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।

यस जितसँगै समूह ुडीु को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर