वीरगञ्ज ६ जेठ । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजयी उत्सवमा नेकपा एमालेको एक समुहले आक्रमण गरेको छ ।
वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहिबार उत्सव मनाइरहेको कांग्रेसको विजयी उत्सवमा सहभागीमाथि एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ ।
आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ४२ वर्षीय मोहमद मियाँ , ४० वर्षीय मलिक नुनिया,३० वर्षीय आइसा भन्ने मुन्नी खातुन , १८ वर्षीय मोहमद नुराइन र १९ वर्षीय जाहिर हवारी घाइते भएका छन् ।
सबै घाइतेहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । टाउको चोट लागेपनि घाइतेहरुको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुले दिएको जानकारी अनुसार वडा अध्यक्षमा पराजित नेकपा एमालेका प्रदीपकुमार यादवका समुहले एमालेलाई भोट नहालेर काँग्रंसको विजयी र्यालीमा गएको भन्दै लाठीले कुटपिट गरेको वयान दिएका छन् ।
उक्त वडामा कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका हुन् ।