दमक ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ ।
राप्रपाका उम्मेदवार राम थापा १४ हजार ५७० मत सहित मेयरमा विजयी भएका हुन् । थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान आएका हुन् ।
उनले १३ हजार ७०० मत ल्याएकी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् ।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत सहित विजयी भएकी छन् । उनले एमालेका अम्विकाप्रसाद खनाललाई पराजित गरेकी हुन् । खनालले १३ हजार ५३६ मत ल्याएका थिए ।