चलचित्र ‘मायाको माया’मा अनुपविक्रम र आनाको अभिनय — OSNepal

चलचित्र ‘मायाको माया’मा अनुपविक्रम र आनाको अभिनय

LC (KTM) May 20, 2022 0

काठमाडौं । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आना शर्माको मुख्य भूमिका चलचित्र ‘मायाको माया’ बन्ने भएको छ । रोहितकरण वैद्यले निर्देशन गर्ने लागेको यो चलचित्रको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । चलचित्रको मुहूर्तको जानकारी अभिनेता अनुपविक्रमले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

चलचित्रमा अहिले अभिनेता राजेश हमालसमेत जोडिएका छन् ।सौर्य दैनिकमा खबर छ । चलचित्रका लागि हमालसँग निर्माण युनिटले हालै सम्झौता गरेको बताइन्छ । थोरै कलाकार राखेर काम गर्न लागेको चलचित्र अंग्रेजी भाषामा बन्ने जनाइएको छ ।

निर्माण टिमले पहिले अभिनेता राजेशले गरेको भूमिकाका लागि अभिनेता सौगात मल्ललाई पनि प्रस्ताव गरेको थियो । तर सौगातसँग पारिश्रमिक कुरा नमिलेपछि हमाल भित्रिएको जनाइएको छ । चलचित्रमा राजेशको भूमिका गोप्य राखिएको छ । चलचित्रको केही दिनमा सम्पूर्ण कलाकार र प्राविधिकका बारेमा जानकारी गराइने निर्माण युनिटको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर